Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

राजनीतिक अस्थिरताले गाँजेको हामी आफू रोजगारीको लागि बाहिर छौँ भन्ने सोच्दैनौँ



कृष्ण खनाल, जापान
कृष्ण खनाल, जापान

 

जापान कहिले आइपुग्नुभयो ?
म चार बर्ष अघि जापान आएको थिएँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयकै तथ्याङ्कमा नरहेको विदेशिएका ६० लाख युवा मध्येको युवक म पनि हुँ । विद्यार्थी भिषा आवेदन गरेको २ महिनाभित्रै म यहाँ आईपुगेको थिएँ ।

जापान पुगेर काम सहजै पाउनु भयो ?
३– ४ महिना काममा लाग्न सकिएन । फेरि काम दिने मान्छेले पनि कसरी देओस् उसले बोलेको कुरा फर्काउन र बुझ्न पनि त सक्नुपर्यो । केहि समयपछि काम पाएँ । सुरुको तलब बुझ्दा खुशी लाग्यो धेरै । तर, तलब बुझ्दा खुसी भएपनि त्यो बेला प्रतिमहिना हुने खर्चको याद आएन । समयक्रमसँगै यहाँको १८ महिने भाषा स्कुल सकियो । प्राविधिक शिक्षा पढ्न अर्कै स्कुल प्रबेश गरेँ । भाषाको समस्याले गर्दा राम्रो स्कुल छनौट गर्ने मेरो योग्यताले भेटेन । साँझ र बिहान छुट्टाछुट्टै पार्ट टाइम काम । दिउँसोको स्कुल । काम पनि टाढा । व्यवस्थापन गर्न सकिने अवस्था पनि थिएन । एक्लै बस्दा खर्च लगभग दोब्बर पनि हुन्थ्यो ।

राजनीतिक अभिष्ट पुरा गर्ने उद्देश्यले खोलिएको र उनीहरूको काम सकेसम्म आफू रहेको देशमा घुमाइ दिने तथा भोलि नेपाल फर्कँदा पनि सोहि च्यानलका आधारमा सम्बन्ध स्थापित गरिराख्ने नै देखिन्छ । नेताहरू विदेशमा आउँदा श्रमिकले पाएका दुःख, श्रम शोषण, कामदारका हक र सुरक्षाको बारेमा सम्बन्धित सरकारका प्रतिनिधिमार्फत औपचारिक निमन्त्रणा नभएकोले सरकारी प्रतिनिधिसँग भेट्ने कुरै नगरी होटलकै बाटो स्वदेश फर्कन्छन् ।

जापानको विकासको बारेमा भनिदिनुस् न ?
समय, भाग्य र कर्मको खेल । चारबर्षे जिवन अर्काको देशमा कटाइ सकिएछ । आफ्नो देशमा सामाजिक सञ्जाल र सूचना प्रविधिको कारणले छिट्टै प्राप्त हुने देशको वस्तुस्थिति र विकासमा कुनै परिवर्तनको आभास हुने गरि पाउन सकिएन । व्यक्तिगत कामको शिलशिलामा केहि दिन अघि जापानको राजधानी टोकियो शहरमा जान परेको थियो । एकजना मित्रले त्यहाँबाट अर्कै शहरमा गाडिमा हालेर लैजाँदा शहरभित्रको सुरुङ्गमार्गको जालो सुरुङ्गमार्ग भित्र पनि साना–साना कुरामा दिइएको ध्यान, टेलिफोन, ग्यास, पेट्रोलियम पदार्थ भर्ने ठाउँ, शौचालय आदि । यहाँको विकासको सामान्य उदाहरण मात्रै हो । हाम्रो देशमा एउटा सडक बनाउन कसलाई ठेक्का दिने भन्ने बहस बर्षौसम्म भइरहन्छ । त्यहि विषयमा समाचार बन्छन् । पक्ष र विपक्षमा उभिन हामी दलका कार्यकर्ता भएकोले हाजिर भइहाल्छौँ कहिलेसम्म यस्तो ?

जापानमा धेरै नेपाली संस्था खुलेका छन् किन होला ?
देशबाहिर खोलिएका अन्य संघसंस्था भन्दा राजनीतिक अभिष्ट पुरा गर्ने उद्देश्यले खोलिएको र उनीहरूको काम सकेसम्म आफू रहेको देशमा घुमाइ दिने तथा भोलि नेपाल फर्कँदा पनि सोहि च्यानलका आधारमा सम्बन्ध स्थापित गरिराख्ने नै देखिन्छ । नेताहरू विदेशमा आउँदा श्रमिकले पाएका दुःख, श्रम शोषण, कामदारका हक र सुरक्षाको बारेमा सम्बन्धित सरकारका प्रतिनिधिमार्फत औपचारिक निमन्त्रणा नभएकोले सरकारी प्रतिनिधिसँग भेट्ने कुरै नगरी होटलकै बाटो स्वदेश फर्कन्छन् । त्यसैले देश तथा विदेशमा रहेका सचेत युवाले पार्टीको भातृसंस्थाबाट माथि उठेर युवाहरूलाई नयाँ बाटो देखाउन सकेनौं भने आफ्नो पुस्ता मात्रै होइन आफ्ना सन्ततिहरू पनि विदेशी भूमिमा सड्ने, सढाउने निश्चित छ ।
पार्टीका पक्ष र विपक्षमा देशमा मात्रै होइन राजनीतिक अस्थिरताले गाँजेको हामीमा आफू रोजगारीको लागि बाहिर छु भन्ने सोच्दैनौँ । अझै कि नेपालबाट विदेशमा देश बिगारिरहेका देशका ठेक्दारहरूलाई विभिन्न संघसंगठनका नाममा बोलाउँछौँ । होटलमा लगेर दिवा, रात्री भोज खुवाउँछौँ । रेमिट्यान्स व्यापारी, विदेश पठाउने तस्कर र एजेन्टहरूलाई भव्य स्वागत गर्न हामी नै पछि पर्दैनौँ ।

krishna-khanalदेशमा रहँदा राजनीतिमा निकै सक्रिय हुनुभयो हैन ?
नेपालमा राजाको प्रतिगमन कदम माघ १९ भन्दा अघि नै राजनीति प्रति चाँसो दिने त गरिन्थ्यो । तर, कुनै संगठनमा आबद्ध रहि पदीय जिम्मेवारीमा बसेको थिएन । त्यहिबेला काठमाडौँमा बस्ने मेरा आफन्तहरू वामपन्थी राजनीतिमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँहरूका कुरा सुन्थे । तर, बिचमा क्रस गर्ने वा चित्त नबुझेको कुरा राख्ने मेरा तर्क थिएनन् । राजनीतिक अध्ययन पनि थिएन । सोहि समयमा एमाले समर्थित अनेरास्ववियुको क्याम्पस कमिटीको अधिवेशनले छोयो । चुनाव भयो, जितियो । क्याम्पसमा विद्यार्थीका काम भर्नादेखि फर्म भरिदिने काम धेरै गरियो ।

विद्यार्थी मान्छे कसरी खर्च धान्नु हुन्थ्यो ?
पारिवारिक पृष्ठभूमि कांग्रेस भएको कारण यो कुरा परिवारलाई पटक्कै चित्तबुझेको थिएन । फेरि काठमाडौँमा बाँच्ने आधार मेरो परिवार भन्दा अर्को पनि त केही थिएन । त्यसको केहि समयपछि पुरानै पार्टी कांग्रेसमा फर्किएँ । धेरैले बाटो बिराइस भन्नुभयो । एमालेका साथीहरू दुःखी पनि हुनुभयो । केहि साथीहरूले त जता खान पाइन्छ उतै गयो पनि भन्नुभएको थियोे । त्यहि दलमा रहँदा तिनै “खान पाइन्छ गयो” भन्नेहरूले मेरो घरभाडा, कलेज फि पूरै आफैले तिर्दिए जस्तो गरी ।

त्यसो भए राजनीति खुब लाग्यो है ?
काठमाडौँमा राजनीतिको खुब नशा लागेको थियोे । पुरानै दल नेपाली कांग्रेसको भातृसंगठन नेवि संघमा क्रियाशिल रहेँ । क्याम्पस इकाई सचिव भएँ । स्वतन्त्र विद्यार्थी युनियनमा सचिवको टिकट त पाइयो तर चुनावी मैदानमा २ दिन भन्दा टिक्न सकिएन । जहाँ अर्को नेवि संघकै विद्रोह गरेको प्यानललाई एउटै प्यानलबाट चुनावमा जानुपर्छ भन्ने केन्द्रको दबाब र पुराका पुरा बाहुवलको प्रयोग गरिएको थियोे । उम्मेदवारी फिर्ता गराउन गृह जिल्ला गुल्मीकै केन्द्रीय समितिमा रहेका नेताहरूको कसरत राम्रै थियो । राजनीतिमा आफ्ना क्षेत्रबाट कसैले महत्वपूर्ण पद हाँसिल गर्दैछ भन्ने लागेमा उनिहरूलाई निर्वाचनमा उठ्नै नदिने, उठिहाले हराउन लाग्ने । यति नगरी क्षेत्र र जिल्लामा आफ्नो पकड बचाउन कठिन हुन्छ भन्ने सोँच । यो राजनीतिक खेलाडीहरूले यसलाई सबैभन्दा ठूलो जितका रुपमा लिन्थे उनीहरू त्यसमा सफल पनि भइछाडेँ ।

अहिलेको राजनीतिक अवस्थाका बारेमा के भन्नुहुन्छ ?
हामी कहाँ धेरै व्यवस्था फेरिए तर मान्छे उनै भएपछि संस्कार फेरिएन । ठग्ने, लुट्ने, भष्ट्राचार, तस्करी, गण्डागर्दी, ठेक्का पट्टाका मालिकलाई राज्य सञ्चालन गर्न पटकपटक अवसर दिने हामी मतदाताको पनि अहिलेसम्म विवेक सकिएको छ । जानेरै कामै नलाग्ने शुन्य भूमिकामा रहेकालाई यस्तो व्यवस्था गरिदिने उनिहरूलाई मालिक बनाउने सोंचमा परिवर्तन आएन । पार्टीभित्रका १–२ जना जो देशको बारेमा केहि गर्न खोजेका र गरेका नेताको नाम बेचेर सिङ्गो पार्टी नै ठिक छ भन्ने तर्क राखेर आफूलाई न्यायाधीशको रुपमा उभ्याउन हामी पछि पर्दैनौँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्