back
CTIZAN AD

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले आज दाबी पेश गर्ने

वि.सं.२०७९ पुस २५ सोमवार

681 

shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो दाबी पेश गर्ने भएका छन् ।

सत्ता साझेदार दलको आइतबार बसेको बैठकको निर्णय अनुसार गण्डकी प्रदेश एमालेको भागमा परेपछि अधिकारीको मुख्यमन्त्री बन्ने यात्रा तय भएको हो । अधिकारीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न लागेका हुन् ।

अधिकारीलाई आफ्नो पार्टीका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ गरी ३२ प्रदेश सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीका लागि ३१ सांसदको आवस्यकता पर्दछ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको आव्हानसँगै अधिकारी आइतबारै ३२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि तम्तयार भएर बसेका थिए ।

आइतबार बेलुका बसेको सत्ता साझदार दलहरुको बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएका हुन् । उक्त बैठकको निर्णय अनुसार एमालेले ३ प्रदेशका मुख्यमन्त्री पदमा पाँचैवर्ष एकल नेतृत्व गर्नेछ भने नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा पाँचैवर्ष एकल नेतृत्व गर्नेछ । बाँकी प्रदेशमा आलोपालो सरकार चलाउने निर्णय भएको छ ।

 

वि.सं.२०७९ पुस २५ सोमवार ०८:२९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...