काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनका लागि अनिवार्य रुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
सोमबार प्रतिनिििध सभाको पहिलो बैठकमा सहभागी हुन संसद भवन पुगेका एमालेका सांसदहरुको संसद भवनमै बसेको बैठकमा अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् ।
एमाले लगायतका सात दल केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले भोली संसदबाट विश्वासको मत लिँदैछन् । त्यसअघि एमाले अध्यक्ष ओलीले आफ्ना सांसदलाई यस्तो निर्देशन दिएका हुन् । साथै सत्ता साझेदार अन्य पार्टीका नेतृत्वहरुले पनि प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
वि.सं.२०७९ पुस २५ सोमवार १३:३३ मा प्रकाशित






























