back
CTIZAN AD

हामी निरन्तर जनताको निगरानीमा छौं–प्रधानमन्त्री

वि.सं.२०७९ पुस २५ सोमवार

609 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरु जनताको निगरानीमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुहरु भर्खर जनताबाट निर्वाचित भएर आएको बताउँदै जनताले आफुहरुमाथि ठूलो आसा र विश्वास राखेकोले जनताको जीवनमा परिवर्तन ल्याउनका लागि यो संसद परीक्षाको विषय रहेको बताए ।

‘जनताको हामी माथिको समर्थन ससर्त छ भन्ने मलाई लाग्दछ । निर्शत छैन । हामी शुसासन दिन सक्छौं या सक्तैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौ या सक्तैनौं यो संसद हाम्रो परीक्षाको केन्द्र पनि हो ।’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले जनताले आफुहरुबाट असाधारण संकल्पको समिक्षा गरेको हुनाले परम्परागत अभ्यास र राजनीतिले मात्रै आफुहरु जनतामाझ जान सक्ने अवस्था नभएको बताए ।

‘हामीले विर्सन हुँदैन । हामी निरन्तर हामी जनताको निगरानीमा छौं ।’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले संसदमा फरक–फरक राजनीतिक पुष्ठभूमिबाट आएपनि जनतासँग शुसासन र समृद्दिका प्रतिबद्धताहरु भने सबैको एउटै रहेको बताउँदै साझा प्रतिबद्धतामा एकठाउँमा उभिने बताए ।

जनताका अपेक्षा, गुनासा, चासो र चिन्तालाई आफुहरुले अत्यन्त नजिकबाट महसुस गरेको बताउँदै उनले भने, ‘हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन । समाधानको शुत्र खोज्नु छ र समाधानतिर अगाडि बढ्नुछ ।’

वि.सं.२०७९ पुस २५ सोमवार १३:५९ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...