काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउनेमा आफु ढुक्क रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सो कुरा बताउँदै चुनौती र असहज परिस्थिति रहेको समेत स्मरण गराउन चाहे ।
‘निर्वाचन पछि जसरी सकार बन्यो, विगतका केही महिना, तथा निर्वाचन अघिका गतिबिधिहरु हेर्दा अलिकति नयाँ परिवर्तन देशले खोजेकै थियो भन्ने यो सरकार गठनबाटै पनि देखिन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्रीले भने झै नयाँ पार्टीहरुको उदयको कुरा नयाँ सांसदहरुको संसदमा उपस्थितिका कुरा हेर्दा परिवर्तनको चाहाना आकांक्षा जनताले गरेको देखिन्छ ।’
अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य मान्यतामा रहेका नेता तथा सांसदहको सम्पूर्ण समय गोटी चाला–चालमा वित्यो भने देशका लागि कहिले काम गर्ने भन्ने प्रश्न समेत गरे ।
‘त्यसकारण गोटी चालाचाल होइन काम गर्ने बाटो समातौं । आज राष्ट्रिय एकताको आवस्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणको काममा लागौं । म सबै दलहरुलाई आव्हान गर्न चाहान्छु ।’ ओलीले भने ।
वि.सं.२०७९ पुस २५ सोमवार १४:२६ मा प्रकाशित






























