काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जमकट्टेल एमाले,राप्रपा लगायतका ५ दलका संसदहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
आइतबार सत्ता साझेदार दलहरुबीच भएको बैठकमा बागमती प्रदेशमा पहिलो कार्यकाल माओवादी केन्द्र र दोस्रो कार्यकाल नेकपा एमालेले मुख्य मन्त्री चलाउने सहमति भएको थियो ।
बागमती प्रदेशमा सातदलको प्रतिनिधित्व रहेको छ । ती मध्ये ५ दलको समर्थनमा जमकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
वि.सं.२०७९ पुस २५ सोमवार १४:४६ मा प्रकाशित






























