back
CTIZAN AD

गोदावरी धाममा स्नान र पूजा गर्नेको भीड

वि.सं.२०७९ माघ १ आइतवार

840 

shares

अत्तरिया । मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् । स्नानका लागि कुण्ड बनाइएको छ । उक्त धाममा आजैदेखि बाह्रराशि दर्शन मकरमेला पनि सुरु भएको छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा रहेको यो धाममा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।

मेला हेर्न सुदूरपश्चिमका जिल्लालगायत भारतबाट भक्तजन गोदावरी आइपुगेका छन् । मकर सङ्क्रन्तिको अवसरमा गोदावरीमा बाह्र राशि दर्शन मकर मेला पनि आयोजना गरिएको छ । मेला माघ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । भक्तजनको सुविधाका लागि गोदावरी नगरपालिकाले आज एक दिनका लागि निःशुल्क बसको व्यवस्था गरेको र मेला अवधिका लागि सहायता कक्ष स्थापना गरेकोे छ ।

 

वि.सं.२०७९ माघ १ आइतवार १५:५४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...