काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारण–सभाको आयोजना हुने भएको छ । साधारण–सभाले बैदेशिक रोजगार व्यवसायीहरुको समस्यामा छलफल गर्ने र नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।
आगामी माघ छ गते काठमाडौंमा सम्पन्न हुने उक्त साधारण–सभामा डा.इश्वर जिसी नेतृत्वमा उम्मेद्वारी घोषणा हुने भएको छ । उक्त समूहले आइतबार चार बजे एयरपोर्ट होटलमा उम्मेद्वारी घोषणा–सभा कार्यक्रम आयोजना गरेको जनाएको छ ।
सो कार्यक्रमा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री जनार्दन शर्मा तथा नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वाला सहभागि हुने बताईएको छ ।