काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार आइतबार बिहान १०ः५० मा भएको यती एअरलाईन्सको विमान ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटनामा परे मृत्यु भएकाको संख्या ६८ पुगेको छ ।
प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा हालसम्म मृतकको संख्या ६८ पुगेको छ ।
प्राधिकरणले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारका सदस्य तथा आफन्तजनले मृतक यात्रुको सम्बन्धमा थप जानकारी चाहिएमा त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलको नागरिक उड्डयनको ०१४११३१६३ र यति एअरलायन्सका पेम्बा शेर्पा ९८०१००७५३१ म सम्पर्क गर्न सकिने जानकारी समेत दिएको छ ।

वि.सं.२०७९ माघ १ आइतवार १७:०१ मा प्रकाशित






























