
काठमाडौं । यति एयरलाइन्सको ९ एन–एएनसी विमान आइतबार बिहान दुर्घटनामा पर्यो । काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थल नजिकै सेति खोंचमा खसेको थियो । दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७२ यात्रु थिए ।
दुर्घटनामा परी मृत्यु भएकामध्ये समाचार तयार पार्दासम्म ६८ जनाको शव फेला परिसकेको छ । भेटिएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ । बाँकीको खोजी जारी रहेको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिएको छ । जनाइएअनुसार विमानमा सवार सबैको मृत्यु भएको सम्भावना छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दुर्घटना नेपाली हवाई इतिहासको ५८ औं दुर्घटना हो । साथै, यो आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो ।
स्मरणरहोस्, गत जेठ १५ मा पनि यति समूहकै तारा एयरको जहाज दुर्घटना भएको थियो । पोखराबाट जोमसोमबा लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटना परेको थियो । उक्त दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।
नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना वि.सं. २०१८ सालमा भैरहवामा भएको थियो । ९–एन एएडी नामको उक्त जहाज दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो ।
२०१६ फेब्रुअरि २४ मा तारा एयरको जहाज म्याग्दीको दानामा दुर्घटना भएको थियो । तत्कालिन समय २३ जनाको ज्यान गएको थियो ।
२०१४ फेब्रुअरीमा नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।
त्यस्तै, त्यस्तै २०१२ सेप्टेम्बर र मेमा दुई ठूला विमान दुर्घटना भएका थिए । लुक्ला र जोमसोममा भएको बेग्लाबेग्लै दुर्घटनामा १९/१९ जनाको ज्यान गएको थियो ।
नेपालमा भएका केही ठूला हवाई दुर्घटना
एप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
सेप्टेम्बर २०१२ – काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
अगस्ट २०१० – काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के