back
CTIZAN AD

सोरु गाउँपालिकाले माग्यो प्रदेश सरकारसंग एम्बुलेन्स

वि.सं.२०७९ माघ १ आइतवार

780 

shares

मुगु । सोरु गाउँपालिकाले कर्णाली प्रदेश सरकार समक्ष एकथान एम्बुलेन्स माग गरेको छ ।

गाउँपालिका भित्रका गम्भिर खालका बिरामीलाई स्वास्थ्य उपचार गर्न बिरामी बोकेर जिल्ला अस्पताल लैजान जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई थप उपचार गर्न जुम्ला, सुर्खेत नेपालगञ्ज लैजान सजिलोको लागि पालिकाले प्रदेश सरकारसँग एम्बुलेन्स माग गरेको हो ।

त्यति मात्र नभएर जटिल प्रसुतीगृह तथा स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेकी गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म पु¥याउन एम्बुलेन्स आबश्यक परेको भन्दै सोरु गाउपालिकाले प्रदेश सरकार अन्र्तगत सामाजिक बिकास मन्त्रालयमा एकथान एम्बुलेन्सको लागि पत्राचार गरेको छ ।

अर्कोतिर एम्बुलेन्स अभावले गर्दा दुःखद मानविय घटना घटेर मृत्युवरण हुनुपर्ने बाध्यता भएकोले त्यसलाई ध्यानमा राखेर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरि बिरामीलाई सहज बनाउन पालिकाले प्रदेश सरकारसँग एम्बुलेन्स माग गर्न बाध्य भएको छ ।

बिरामीको उपचारलाई ध्यानमा राखेर यस सोरु गाउँपालिकाले प्रदेश सरकारसँग एकथान एम्बुलेन्स माग गरेको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । पालिकाको एक थान आफ्नै एम्बुलेन्स भएपनि धान्न नसक्दा प्रदेश सरकारसंग अर्को एम्बुलेन्स माग गर्नुपर्ने अबस्था आएको अध्यक्ष शाहीको भनाई छ ।

सोरु गाउँपालिकाको खनाया, कालै, सिप, तारापानी, पुरुमुरु, जिमा, बन्जाहा, सोरुकोट, नार्थपु, भीई लगायत दर्शनौ बस्तिमा सडक पुगिसकेको हुँदा बिरामी बोक्न एम्बुलेन्स सेवा अनिवार्य देखिएको छ । सोरु गाउँपालिकाको स्वास्थ्य सेवा भरपर्दो बनाउन पहल अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जनाए । स्वास्थ्य सेवा सुधारमा पहिलो प्राथमिकता राखेर सेवाका भवन निर्माण स्वास्थ्यकर्मी खटपटनमा ध्यान दिइएको उपाध्यक्षको भनाई छ ।

 

वि.सं.२०७९ माघ १ आइतवार १७:१७ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...