back
CTIZAN AD

सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्न सकिने

वि.सं.२०७९ माघ २ सोमवार

723 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न, सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्न सकिने गरी सुविधा ल्याएको छ ।

जहाँ ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा रु १० हजार र अधिकतम रकम रु ५० हजारमा सेट गरिएको छ ।

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याईएको छं । जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् ।
यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न यस बैंकको कर्पोरेट कार्यालयमा रहेको पष्यकप सेल्फ (सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खाता खोल्ने सुविधा पनि ल्याईएको छ ।

साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एप मार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर (क्यूआर कोड स्क्यान) मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि–पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको पनि बैंकका प्रवक्ता नारायण राज अधिकारीले जानकारी दिएका छन् ।

 

वि.सं.२०७९ माघ २ सोमवार १२:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...