back
CTIZAN AD

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के गर्ला आयल निगम ?

वि.सं.२०७९ माघ २ सोमवार

597 

shares

काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी)ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको हाे ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ। यस्तै, नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो।

निगमले जनाएअनुसार डिजेलकाे मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।

यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो। यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

वि.सं.२०७९ माघ २ सोमवार १५:११ मा प्रकाशित

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...