back
CTIZAN AD

एनआरएनएद्धारा पोखरा विमान दुर्घटनाप्रति शोक व्यक्त

वि.सं.२०७९ माघ २ सोमवार

690 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पोखरामा भएको विमान दुर्घटनाप्रति शोक व्यक्त गरेको छ ।

काठमाडौंबाट चालक दलका चारजनासहित ६८ जना यात्रु लिएर आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले संघले स्तब्ध भएको जनाएको छ ।

संघले यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन र दुर्घटनाको तत्तकाल छानविन गर्नको लागि नेपाल सरकारसँग अनुरोध गरेको छ । साथै, आगामि दिनमा हवाई दुर्घटना हुन नदिन अनिवार्यरुपमा प्राविधिक अनुगमन गर्न र हवाई उड्डयन क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्न समेत आग्रह गरेको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापा तथा अध्यक्षद्धय डा बद्री केसी र कुल आचार्यद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाबाट निधन भएका व्यक्तिहरुको परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्मा प्रति चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

वि.सं.२०७९ माघ २ सोमवार १५:२१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...