back
CTIZAN AD

को–का कोलाले दियो हजार भन्दा बढी महिलालाई व्यवसायिक तालिम

वि.सं.२०७९ माघ ४ बुधवार

540 

shares

काठमाडौ । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेष्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले कम्पनीले सञ्चालन गरेको कार्यक्रमबाट १००० भन्दा बढी महिलाहरुलाई तालिम प्रदान गरिएको छ ।

गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोटलिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धी तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रमका एक सहभागी सौरहाकी गीता श्रेष्ठले भनिन्, ‘महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिँए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षम भएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।’

त्यस्तै, नारायणघाटकी माया पाण्डेले भनिन्, ‘सक्षम कार्यक्रमले हामीलाई आर्थिक रुपमा सशक्त हुन चाहिने सिपहरु सिकाउनुको साथ साथै हाम्रो सन्जाल विस्तार गर्ने अवसर पनि दिएको छ । सक्षम जस्तो सिप बिकास गर्ने कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसा सन्चालन गर्न हौसला दिएको छ ।’

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले महिला सशक्तीकरणमा आफूहरुको जोड रहेको बताए । उनले भने, ‘कोका–कोला बेटर शेयर्ड फ्युचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको छ । हामीले सक्षम तालिम कार्यक्रम २०२२ मा शुरु गरेका थियौँ जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकहरुसँग मिलेर महिला व्यवसायीहरुलाई व्यावसायिक तालिम, मेन्टोरिङ नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरु दिएका थियौँ जसले गर्दा वहाँँहरुलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकरात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ । हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ । हामी धेरै खुसी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तिकरण गर्दै जानेछौँ ।’

त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको तर्क गरे । उनले भने, ‘काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु छन जुन महिलाले चलाउँछन् । त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्देश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ । आफ्नो व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा पनि सक्षमले महिला व्यवसायीहरुलाई नयाँँ तरिकाले सोच्न सिकाउँछ ।’

वि.सं.२०७९ माघ ४ बुधवार ०९:०७ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...