Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन



काठमाडौं । केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ ।

शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो ।

सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ ।

सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ ।

फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायीक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ । इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ ।

 


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी