back
CTIZAN AD

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

वि.सं.२०७९ माघ ४ बुधवार

771 

shares

काठमाडौं । केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ ।

शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो ।

सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ ।

सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ ।

फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायीक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ । इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ ।

 

वि.सं.२०७९ माघ ४ बुधवार १३:१२ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...