back
CTIZAN AD

माघ लाग्दा पनि हिँउ नपरेपछि चिन्तामा कर्णालीका किसान

वि.सं.२०७९ माघ ५ बिहीवार

963 

shares

मुगु संसार न्यूज । कर्णालीका खेतीमा निर्भर किसानहरु हिउँको प्रतिक्षामा छन् । हरेक बर्ष पुस महिनामै हिउँपर्ने कर्णालीमा यो पटक माघ महिना लागि सक्दा पनि हिउँ नपर्दा कर्णालीका किसान चिन्तित देखिएका छन् । पुस माघमा कर्णालीमा हिउ नपरेपछि अनिकाल हुने डरले किसानहरु हिउँको प्रतिक्षा गर्दै आकास हेर्न बाध्य भएका छन् ।

पुस लाग्ने बित्तिकै बनपाखा जंगल घर आँगन हिउँले सेताम्य देखिने कर्णालीमा यो पटक माघ महिनासम्म सुक्खा खडेरी देखिएको छ । ‘पुसमा हिउँ आएन माघमा आउछ की !’ मुगु मुर्मा गाउँका बिर्खबहादुर रोकाया भन्छन् ‘यो बर्ष किन हिउँ टाढियो अघिल्लो बर्ष यतिबेला कर्णालीमा दुई–तीनपटक हिउँ परि सकेको थियो । अहिले खडेरीले असर पार्ला जस्तो छ ।’

कर्णालीका किसान हिउँको पर्खाइमा बसेको रोकायाले भने, ‘पुस बित्यो अब माघमा हिउँ आउछ कि भनेर आकास हेर्दै बसेका छौ ।’ आकासबाट हिउँ नपर्दा अन्नबाली देखि फलफुलको सुबिकाल नहुने भएको कर्णालीका किसानहरु हिउँको प्रतिक्षामा छन् ।

खाद्य बाली राम्रो उत्पादनको लागि हिउँ पर्न आबश्यक रहेको मुगु कृषि विकास कार्यालयका निमित्त प्रमुख हिक्मत गिरी बताउछन् । यो बर्ष हिउ टाढिदा जेठ बाली र कार्तिक बाली उत्पादनमा असर पर्ने र किसानलाई भोकमरी हुने उनको भनाई छ ।

मंसिरमा किसानले छरेको जौ,गहुँ बाली खडेरीले सक्दै जान थालेको छ । कुनै लेकाली बस्तीदेखि उच्च हिमालमा यतिबेला हिउँ देख्न मुश्किल छ । पुस महिनामा कपास जस्तै सेताम्य देखिने पर्यटकीयस्थल रारामा पनि अहिले हिउ छैन । रारामा हिउँ नपर्दा हिउँ खेल्ने पर्यटकको संख्यामा कमी आएको छ । प्राय मंसिरमै हिउँ पर्न सुरु गर्ने हुम्ला सिमकोट क्षेत्र अहिले सम्म हिउँ परेको छैन । हिउदेयाममा कर्णालीमा हिमपातले जनजीवन प्रभावित हुने गथ्र्यो भने अहिले सुक्खा चिसोले प्रभावित बनाएको छ ।

सिमित कर्णालीका गाउँ बस्तीमा मात्र हिउँ नभएर समुद्री सतहदेखि ३००० सय देखि ५००० मिटर उचाइमा अबस्थित उच्च हिमाल हिमश्रृडखला मुगुको छायाँनाथ, ऋणीमोक्ष, मुर्माटप, चुचुमारे, चंखेली लेक जुम्लाको डाफेलेक, घुच्चीलेक, कालिकोटको महाबुलेकमा समेत हिउ छैन ।

कर्णालीमा हिउँ नआए पछि जडिबुटीको पनि सुबिकाल नहुँदा स्थानीयलाई जीवन निर्बाह गर्न गाह्रो हुने गरेको छ । जति धेरै हिउ आयो उत्ति धेरै कर्णालीमा यार्सा, कटुकी बन लसुन भोल्ते उत्पादन बढी हुने भएकोले उच्च लेकाली बस्तीमा बसोबास गर्ने किसान पनि हिउँप्रति निर्भर हुनुपर्ने अबस्था छ । हिउँ नपरे कर्णालीमा स्याउ उत्पादन राम्रो नहुने भन्दै मुगु, जुम्ला, कालिकोट, हुम्लाका किसानहरु पनि हिउ कुरेर बसेका छन् ।

हिउ परेपछि किसानले डल्लो बनाउदै स्याउको बोट जम्मा गर्ने र उक्त हिउको डल्लो बिस्तारै बिताउदै जाँदा बोट लामो समयसम्म सिंचित हुने स्याउ राम्रो फल्ने किसानको भनाई छ । कुनैबेला कार्तिक मंसिरमा पनि हिउँ आउछ कुनै बेला पुस माघमा पनि आउदैन । यो सबै जलबायूको असर खेप्नु परेको मुगुका नागरिक अगुवा रुपबहादुर मल्ल बताउछन् । ‘उहीले घरको ढोका छोप्ने हिउँ आउथ्यो अहिले आउन छोडयो’ उनी भन्छन् । असोज १९ देखि २३ गतेको ठूलो बर्षाले हिउँ टाढिएको कर्णालीका बुढापाकाको भनाई छ ।

 

वि.सं.२०७९ माघ ५ बिहीवार १०:२५ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...