back
CTIZAN AD

संसदमा सीके राउतको प्रश्न–मधेशी र थारु बिहिन राष्ट्रिय सहमतिको कुरा गर्नु भएको हो ?

वि.सं.२०७९ माघ ५ बिहीवार

708 

shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशी र थारु बिहीन राष्ट्रिय सहमतिको कुरामा अर्थ नरहेको बताएका छन् ।

सभामुख चयनका लागि बसेको प्रतिनिधि सभा बैठकमा डा. राउतले दलहरुले राष्ट्रिय सहमतिका लागि दलभन्दा माथि उठ्ने कुरा ल्याए पनि त्यो सहमति अहिलेसम्म पदका लागि मात्रै भएको बताए ।

‘तपाईहरु कस्तो खालको राष्ट्रिय सहमति खोज्नु भएको हो ? पूरै मधेशी र थारु समुदाय, जसपा/लोसपा/जनमत/नागरिक उन्मुत्ति पार्टीलाई एकछेउमा राखेर भित्तामा धकेलेर मधेशी र थारु बिहिन राष्ट्रिय सहमतिको कुरा गर्नु भएको हो ? यो तपाईका दलहरुले स्पष्ट पारिदिनुस् ।’ डा. राउतले भने ।

उनले दलभन्दा माथि उठेर मतदान गर्न आग्रह गर्ने, हामी दलभन्दा माथि उठ्छौं पनि भन्ने तर एउटा निश्चित समुदाय र वर्गभन्दा, निश्चित जातिको मुखौटा भन्दा माथि उठ्न नसकेको आरोप लगाउँदै त्यसबाट माथि उठ्ने कि नउठ्ने भन्ने विषयमा प्रष्ट पारिदिन दलहरुलाई आग्रह गरेका थिए ।

‘कि हुन्न तपाईको पार्टीले स्पष्ट पार्नुपर्यो । अहिलेसम्म पनि जुन प्रकारको नश्लवादी चिन्तन सरकार र संसदले देखाइरहेको छ त्यो तपाईहरुको पार्टीले देखाइरहेको छ ।’ उनले भने ।

उनले माघ ५ गते मधेशमा बलिदानी दिवस राष्ट्रव्यापी रुपमा मनाउनुपर्ने बताउँदै मधेश आन्दोलनका सहिदहरुलाई संसदले सम्मान दिने कि नदिने भन्ने प्रश्न समेत गरे ।

डा. राउतले संसदमै सहिदहरुको सम्झनामा एकमिनेट मौन धारण गरेका थिए । त्यसमा अन्य सांसदहरु पनि मौनधारणका लागि उठेका थिए ।
अन्तिममा उनले सत्तागठबन्धनबाट सभामुखको उम्मेदवार रहेका देवराज घिमीरेलाई आफ्नो दलको समर्थन रहेको जानकारी दिएका थिए ।

वि.सं.२०७९ माघ ५ बिहीवार १४:०३ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...