काठमाडौं । राष्ट्रिय जनमोर्चाले सभामुख पदमा कांग्रेसबाट उम्मेदवार रहेकी ईश्वरी न्र्यौपानेलाई समर्थन गर्ने भएको छ ।
सभामुख चयनका लागि बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले कांग्रेस प्रतिपक्षजस्तो भएर बस्न नसकेको समेत बताए ।
यसअघि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत नदिएको जनमोर्चाले सभामुखका लागि भने कांग्रेसकी इश्वरी न्यौपानेलाई सघाउने बताएको छ ।
वि.सं.२०७९ माघ ५ बिहीवार १४:१५ मा प्रकाशित





























