काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि माघ ७ गते निर्वाचन हुने भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले माघ ७ गतेका लागि उपभामुख निर्वाचनको मिति तय गरेको हो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचनका बारेमा जानकारी दिँदै उपसभामुखको निर्वाचनको तालिका आजै सार्वजनिक गर्न पनि संसद सचिवालयलाई निर्देशन दिएका छन् ।
गत मंगलबार नयाँ मन्त्रिपरिषद विस्तारपछि बसेको प्रतिनिधि सभाको बैठकले बिहीबार संसदको सभामुखमा एमालेका देवराज घिमीरेलाई निर्वाचित गरेको छ ।
वि.सं.२०७९ माघ ५ बिहीवार १५:४० मा प्रकाशित






























