back
CTIZAN AD

प्रतिनिधि सभाको उपसभामुख लागि आज मनोनयन दर्ता हुँदै

वि.सं.२०७९ माघ ६ शुक्रवार

690 

shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालयद्धारा जारी कार्यतालिका अनसार उपसभामुख पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म संसदको ल्होत्से हलमा उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

त्यस्तै सवा चारबजेपछि उम्मेदवारी दिएका उम्मेदवारहरुको सूची प्रकाशन गरिने छ भने भोली माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्नेछ ।

उपसभामुखमा हालसम्म उम्मेदवारको टुंगो लागिसकेको छैन । सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा उपसभामुख परेपनि सो पार्टीले उम्मेदवार सार्वजनिक गरिसकेको छैन । यसअघि रास्वपाबाट उपसभामुखको उम्मेदवारमा सोविता गौतमको नाम चर्चामा ल्याइएको थियो ।

त्यस्तै कांग्रेसले पनि सभामुखको उम्मेदवार उठाउने बताइएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सत्तागठबन्धनबाट उम्मेदवार रहेका एमाले नेता देवराज घिमीरेलाई प्रतिनिधिसभाको सभामुखमा निर्वाचित गरेको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार ०९:५६ मा प्रकाशित

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...