back
CTIZAN AD

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार सहयोग

वि.सं.२०७९ माघ ६ शुक्रवार

873 

shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो ।

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । गाउँपालिकाले त्रैमासिकरूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ । अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए ।

मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिकरूपमा रु पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताउए । सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पु¥याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले जानकारी दिए ।

पाँचपोखरीको गुणस्तरीय खाद्यान्न अभियान
पालिकाका बासिन्दालाई गुणस्तरीय खाद्यान्न खुवाउने अभियानमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा जाँचचौकी स्थापना गरेको छ । गाउँपालिकाले २०७९ असोज ५ गतेदेखि दुई कर्मचारी तथा बजार निरीक्षक कर्मचारी राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीले निर्यात गरी ल्याएको खाद्य सामग्रीको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति जाँच गरी दैनिक तथ्याङ्क राख्ने काम गरिरहेको कर्मचारी राजन भुजेलले बताए ।

गाउँपालिकाले बजार निरीक्षणसम्बन्धी कार्यविधि, २०७९ गाउँ कार्यपालिकाबाट पास गरी लागू गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताए । आफ्नो पालिकाभित्र बसोबास गर्ने उपभोक्ताले गुणस्तरीय खाद्यान्नको उपयोग गर्न पाऊन् भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताए । माथिल्लो भेगमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानीयवासीले गुनासो गरेका थिए । अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानीय राम श्रेष्ठले खुसी व्यक्त गरे ।

मिति हेर्न समस्या रहेका साना गाउँका व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले म्याज सकिन लागेका खाद्य सामान पठाउने गरेको पाइएपछि पालिकाले यो अभियान सुरु गरेको पालिकाले जनाएको छ । अहिलेसम्म सयौँ किलो म्याद नाघेका सामग्री बरामद गरेको अध्यक्ष लामाले बताए । रासस

वि.सं.२०७९ माघ ६ शुक्रवार ०९:३४ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...