back
CTIZAN AD

फिलिपिन्सले पर्यटन बढाउन देशभरका आठवटा विमानस्थल सुधार गर्ने

वि.सं.२०७९ माघ ६ शुक्रवार

606 

shares

मनिला । गतिशीलता र पर्यटनको सञ्चार बढाउन फिलिपिन्सले यसवर्ष देशभरका कम्तीमा आठ वटा विमानस्थलमा सुधार गर्ने बताएको छ ।

फिलिपिन्सका बजेट मन्त्री अमेनाह पाङगान्दमानले भने, “सन् २०२३ को बजेटमा आठ वटा विमानस्थल परियोजनाका लागि बजेट तथा व्यवस्थापन विभागले रकम छुट्याइसकेको छ । बजेटलाई राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले स्वीकृत गरिसकेको उनले बताए ।

मनिलास्थित निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल (एनएआईए) को स्तरोन्नति गर्ने काम भइरहेको र उत्तरी फिलिपिन्समा दुई, मध्य फिलिपिन्समा दुई र दक्षिणी फिलिपिन्समा तीन विमानस्थल मर्मतका लागि बजेट विनियोजन गरिएको उनले बताए ।

“यो बजेट विनियोजनले देशको विशेष गरी उड्डयन क्षेत्रमा यातायात पूर्वाधारको निर्माण, पुनस्र्थापना र सुधारमा सहयोग पु¥याउनेछ,” पाङगन्डमानले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

फिलिपिन्समा जनवरी १ मा कम्प्युटरमा गडबडी हुँदा देशको सबैभन्दा ठूलो विमानस्थल एनएआईएको हवाई ट्राफिक नियन्त्रण अवरुद्ध हुँदा दुई सय ८२ अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान र करिब ६० हजार यात्रु प्रभावित भएका थिए । उनले मार्कोस प्रशासनको आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न सरकारले पूर्वाधार विकासलाई निरन्तरता दिने बताए ।

मार्कोसले भने, यो वर्ष देशको सार्वजनिक यातायात प्रणालीमा ‘राम्रा दिन’हरूको उदय हुनेछ ।

“एक प्रभावकारी र कुशल यातायात प्रणाली हुनुले रोजगार, अर्थव्यवस्था र हाम्रो समाजमा गुणात्मक प्रभाव पार्नेछ; यसले सबैका लागि सान्त्वना, सुविधा र सहज जीवन पनि ल्याउनेछ,” मन्त्री पाङगान्दमानले भने । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ माघ ६ शुक्रवार ०९:१६ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...