काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
स्वास्थ्यमन्त्री गिरीले पुन उपचारत ललितपुरको सुमेरु अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
लामो समयदेखि जन्डिस रोगबाट पीडित रहेका उपमहासचिव पुन पुस ३० गते अस्पतालमा भर्ना भएका हुन् ।
कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याईएको थियो ।
उपचारमा संलग्न चिकित्सले पुनको कलेजोमा ८० प्रतिशत बढी समस्या देखिएकोले प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
वि.सं.२०७९ माघ ६ शुक्रवार १३:२६ मा प्रकाशित






























