back
CTIZAN AD

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव समारोह सम्पन्न

वि.सं.२०७९ माघ ६ शुक्रवार

723 

shares

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को २२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा एक समारोहको आयोजना गर्दै संस्थाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको र २२औं वार्षिकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिएकी थिइन् । लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा हुँदै पनि हाल लघुवित्त क्षेत्रमा विभिन्न समस्याहरु देखिएको उनले बताएकी थिइन् ।

देखिएका गैर कानूनी र नीति विपरितका गरिविधिले समस्याको समाधान नहुने भन्दै एउटै बैंकिङ कानूनी आधारमा लघुवित्तहरुलाई राख्दा समस्या भएको पनि हुनसक्ने बताएकी थिइन् । उनले संघर्ष समिति बनाएर ऋण तिर्न नपर्ने भनी भनिएको कुरा विल्कुल गलत भएको समेत बताएकी थिइन । मन्त्री चौधरीले लघुवित्तहरुले पनि संस्थागत कमजोरी छन् भने सुधार्नुपर्ने र ब्याजदरको विषयमा पनि नयाँ व्यवस्थाको लागि पहल गर्न सकिने बताएकी थिइन् ।

लघुवित्त संस्थाहरुको संख्या बृद्धिसंगै अस्वस्थ प्रतिस्पर्धा बृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २०–२५ वटामा ल्याई गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सकिने समेत उनले सुझाव दिएकी थिइन् ।

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिवी न्यूनिकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताएका थिए । उनले आजको विग्रदो आर्थिक अवस्थामा सुधार ल्याउन लघुवित्तको योगदान रहने बताएका थिए । त्यस्तै, सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरुप चल्न सके लघुवित्तको सार्थकता हुने बताए । उनले लघुवित्तले महिलालाई उद्यमी बनाउँदै रोजगारी श्रृजनामा योगदान पुर्याएको बताएका थिए ।

नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मूलुकको गरिवी निवारणमा पुर्याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तिकरणमा उत्कृष्ट प्ल्याटफर्म लघुवित्तले प्रदान गरेको बताए । उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।

संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति डा।सुमित्रा मानन्धर गुरुङ्गले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा बृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने उनले बताएकी थिइन् ।

प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४५ शाखा कार्यालयबाट २ लाख ६३ हजार भन्दा बढि घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्याएको बताए । समारोहमा संस्थाका विभिन्न शाखामा आवद्ध ग्राहक सदस्यले आफ्नो विचार व्यक्त गर्नुभएको थिए । समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, बचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरु मध्ये २०७८ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष डा। सुमित्रा मानन्धर गुरुङ्गले गरेकी थिइन्। वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सव समारोहको आयोजना गरेको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार १७:१९ मा प्रकाशित

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...