back
CTIZAN AD

शीतलनिवासमा ओली र माधव नेपालबीच हाँसीमजाक

वि.सं.२०७९ माघ ६ शुक्रवार

882 

shares

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि सँगै देखिएका छन् । शुक्रबार सभामुखको सपथ ग्रहणका कार्यक्रममा दुई नेता सँगै देखिएका हुन् ।

पूर्व प्रधानमन्त्रीको लहरमा केपी ओली, माधव नेपाल र डा. बाबुराम भट्टराई एउटै लहरमा बसको थिए। साथै, पूर्व प्रधानमन्त्री एवम् समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एउटै लहरमा थिए । एउटै लहरमा बसेका ओली र नेपालबीच संवादसमेत भएको देखिएको थियो ।

यसअघि ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गर्दा सँगै देखिएपछि फेरि सभामुखको शपथमा ओली र नेपाल सँगै देखिएका हुन् । दुई नेता एउटै लहरमा परेपछि ओलीले “फेरि सँगै परिएछ” भनेर हाँसीमजाकसमेत गरेको एक नेताले बताए ।

ओलीको हाँसीमजाक पछि दुई नेताबीच कुराकानी पनि भएको थियो ।

अहिले एकीकृत समाजवादी सत्ता गठबन्धनमा छैन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन निकै प्रयास गरेका थिए । तर, एमाले अध्यक्ष ओलीको असहमतिका कारण त्यो सम्भव भएको छैन । तर, राष्ट्रपतिको चुनावलाई ध्यानमा राखी एमाले भने एकीकृत समाजवादीसँग संवादमा जोडिएको बताइएको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार १७:५० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...