back

शीतलनिवासमा ओली र माधव नेपालबीच हाँसीमजाक

वि.सं.२०७९ माघ ६ शुक्रवार

177 

shares
NTC AD
Global IME AD

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि सँगै देखिएका छन् । शुक्रबार सभामुखको सपथ ग्रहणका कार्यक्रममा दुई नेता सँगै देखिएका हुन् ।

पूर्व प्रधानमन्त्रीको लहरमा केपी ओली, माधव नेपाल र डा. बाबुराम भट्टराई एउटै लहरमा बसको थिए। साथै, पूर्व प्रधानमन्त्री एवम् समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एउटै लहरमा थिए । एउटै लहरमा बसेका ओली र नेपालबीच संवादसमेत भएको देखिएको थियो ।

यसअघि ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गर्दा सँगै देखिएपछि फेरि सभामुखको शपथमा ओली र नेपाल सँगै देखिएका हुन् । दुई नेता एउटै लहरमा परेपछि ओलीले “फेरि सँगै परिएछ” भनेर हाँसीमजाकसमेत गरेको एक नेताले बताए ।

ओलीको हाँसीमजाक पछि दुई नेताबीच कुराकानी पनि भएको थियो ।

अहिले एकीकृत समाजवादी सत्ता गठबन्धनमा छैन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन निकै प्रयास गरेका थिए । तर, एमाले अध्यक्ष ओलीको असहमतिका कारण त्यो सम्भव भएको छैन । तर, राष्ट्रपतिको चुनावलाई ध्यानमा राखी एमाले भने एकीकृत समाजवादीसँग संवादमा जोडिएको बताइएको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार १७:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...