back
CTIZAN AD

देवचुली महोत्सवमा दर्शकको घुँइचो

वि.सं.२०७९ माघ ६ शुक्रवार

666 

shares

काठमाडौं । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा चौथो देवचुली महोत्सव बिहीबारदेखि सुरु भएको छ ।

उक्त महोत्सवका प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका मन्त्री एवम् नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानद्धारा महोत्सवको समुद्घाटन गरिएको थियो ।

मध्यान्ह १२ बजे देवचुली माविको खेलमैदानबाट शुरु भएको शोभायात्रा वडा कार्यालय हुँदै राजमार्गको दक्षिणतर्फबाट फारम चोकमा निस्किएर महोत्सव परिसरसम्म पुगेको थियो ।

शोभायात्रामा बाजागाजा, विभिन्न संघसंस्थाको ब्यानर, साँस्कृतिक झाँकी पहिरन सहितको उपस्थिति रहेको थियो ।

उक्त महोत्सब उद्घाटनका अवसरमा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी, रोशन बहादुर गाहा, देवचुली वडा नं १७ का वडाध्यक्ष गणेशप्रसाद चालिसे (दिपक), देवचुली उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष धर्मराज बस्याल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरी, अमृत भट्टचन, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सन्दिप कुमार कोइराला लगायतले चौथो देवचुली महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडील महोत्सवलाई सफल पार्न सबैको सहयोग आवस्यक रहेको बताउँदै नगरपालिकाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक विकासका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वासथ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
संघका बरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा पूर्ववरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसालले सहजीकरण गरेका थिए ।

आगामी माघ १५ गतेसम्म चल्ने महोत्सवमा विशेष गरी बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी लगायत रहेका छन् ।

 

 

वि.सं.२०७९ माघ ६ शुक्रवार १७:५१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...