back
CTIZAN AD

ती ८ वरिष्ठ पाइलट मध्ये जहाज दुर्घटनामै बिलाए ५ जना

वि.सं.२०७९ माघ ७ शनिवार

714 

shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना हुनुअघि हवाई विभागसँग एउटा मात्र ट्विनअटर विमान थियो ।

त्यो पनि राष्ट्रसंघले खाद्यान्न ओर्सान दिएको । खाद्य संस्थानका लागि कार्गो उडान गर्ने त्यो विमान उडाउन ८ जना पाइलट थिए । तिनले कार्गो उडान बाहेक विमान जाँच र निरीक्षणको काम पनि गर्ने ।

प्राधिकरणबाट अवकाश प्राप्त एक उपमहानिर्देशकका अनुसार ती मध्ये ५ जनाको विभिन्न समयमा हवाई दुर्घनामा ज्यान गयो । प्राधिकरणका वरिष्ठ पाइलट शिव श्रेष्ठ (५ भदौ २०५५ म्याग्दी), प्रकाश श्रीवास्तव (१२ जेठ२०६१ लमााजुरा, सोलुखुम्बु), प्रभुशरण पाठक (१ जेठ २०६९ जोमसोम), प्रभाकर घिमीरे तथा वसन्त लामा (१५ जेठ २०७९ घासा मुस्ताङ) ले ज्यान गुमाए । बाँकी तीनजना यती एयरलाईन्स प्राधिकरण र नेपाल वायु सेना निगममा छन् । निगमका एमबी तुम्बाहाम्फे मात्रै हाल सक्रिय रहेका छन् ।

प्राधिकरणका अनुसार २०१२ सालमा बाराको सिमरामा भएको भारतीय विमान दुर्घटनादेखि आइतबार पोखरामा एक वेपत्तासहित ७२ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना सम्म आइपुग्दा नेपालमा १०५ हवाई दुर्घटना भएका छन् । जसमा ९१९ जनाको ज्यान गएको छ । प्राधिकरणले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदन अनुसार ६८ वर्षयता नेपालका सुगम तथा दुर्गम रुटमा हुने (फिक्स्ड विङ) तर्फका व्यवसायिक उडानका ५०, हेलिकप्टर चार्टरका ३६, विदेशी वायुसेवा १० र एकल इन्जिन भएका विमानमा ८ गरी १०५ वटा हवाई दुर्घटना भएका छन् । जसमा व्यवसायिक उडानका ५०, हेलिकप्टरका १० र एकल इन्जिनका ८ पाइलटले ज्यान गुमाएका छन् । जसमा प्रशिक्षक नै १० जना परेको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७९ माघ ७ शनिवार ०९:३० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...