back
CTIZAN AD

सांसद कोइरीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

वि.सं.२०७९ माघ ७ शनिवार

714 

shares

काठमाडौं । गृहमन्त्रलायले कर्तव्य ज्यान मुद्दामा फरार भनिएका सांसद लक्ष्मी महतो कोइरीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कोइरीलाई पक्राउ गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

गृहमन्त्री रवि लामिछानेले यसअघि पनि पटक–पटक कोइरीलाई पक्राउ गर्नभन्दै मौखिक निर्देशन दिएपनि उनी फरारको सूचीमा रहेपछि गृहले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो ।

‘उपप्रधान तथा गृहमन्त्रीले पटक–पटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल प्रक्रिया अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ ।’

एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा घाइते अस्पताल लैजादै गरेका सई थमन थापालाई एम्बुलेन्सबाटै थुतेर हत्या गरेको अभियोग लागेको छ ।

वि.सं.२०७९ माघ ७ शनिवार ०९:३२ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...