back
CTIZAN AD

लघुकथा : दुःखी

वि.सं.२०७९ माघ ७ शनिवार

837 

shares

वसन्त अनुभव, घोराही, दाङ

“अब बिहे गर्नुपर्छ, छोरी । उमेर पनि पुगिसक्यो ।“ खाना खाँदै थियौँ । एकाएक बाबाले कुरा निकाल्नु भयो ।

“नाइँ बाबा ! म बिहे गर्दिनँ । अझै अगाडि पढ्छु । आफ्नो खुट्टामा उभिन्छु ।“ म प्रसङ्गबाट पन्छिन खोजेँ ।

“पढेर त कहिल्यै सकिन्न, छोरी । चाहिने जति पढिहाल्यौ । अब जिद्दी नगर । राम्रो घरबाट कुरा आएको छ । हुन्न भन्न पाउँदिनौ है ।“ बाबा अलि कठोर देखिनुभयो ।

थोरै शान्त भएपछि आफैँ सम्झाउन थाल्नुभयो,– “म डाँडा माथिको जून जस्तै भैसकेँ; कतिबेला अस्ताउने टुङ्गो छैन । तिम्रो घरजम गराउन पाए सजिलै सास जान्थ्यो ।“

मैले झलक्क रमेशलाई सम्झिएँ । सँगै बाँच्ने सँगै मर्ने भनेर गरेको वाचा सम्झिएँ । ’म रमेश बाहेक अरूसँग बिहे गर्दिनँ ।’ एक मन क्रान्ति गर्न तम्सियो ।

’थुक्क तेरो बुद्धि ! आमाको मृत्युपछि जसले आफैँ आमा, बाबा दुवै बनेर, दुःख सङ्घर्ष गरेर हुर्कायो, पढायो, लेखायो; आज उसको सानो कुरा पनि मान्दिनस् ।“ अर्को मन कड्कियो ।

’सानो कुरा ? बिहे जस्तो कुरा पनि सानो हो ? …. । मनले अर्को मनको प्रतिकार गर्दै थियो । तर मैले अन्ततः बाबाको विरोधमा न उत्रने निधो गरेँ ।

एकदिन मलाई हेर्न केटो घरमा आयो । मलाई केटो सामु बोलाइयो । उसको मुख हेर्नै मन थिएन । तर बाबाको इच्छा पूरा गरिदिन र इज्जत राखिदिन आफ्नो प्रेम र चाहनालाई तिलाञ्जली दिएँ । भारी मन लिएर केटो सामु पुगेँ । मन नलाई नलाई टाउको उठाएर हेरेको त, दृश्य देखेर हेरेको हे¥यै भएँ । एक्कासि मन पुलकित भयो । औँसीझैँ मुहारमा पूर्णिमाले प्रवेश ग¥यो । सामने सोफामा बसेर रमेश मलाई हेर्दै मुस्कुराइरहेको थियो ।

“कस्तो लाग्यो त छोरी, केटो ?“ बाबाले हाँस्दै जिज्ञासा राख्नुभयो । अनि आफैँ अगाडि भन्नुभयो, – “तिमीले मलाई के ठान्यौ ? पहिल्यै भन्नु पर्दैन ? खैर ! तिमीले नभनेपनि मलाई सब थाहा थियो । म तिम्रो बाबा हुँ छोरी । तिमीलाई कसरी दुखी देख्न सक्छु र ?“

वि.सं.२०७९ माघ ७ शनिवार ०९:४४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...