back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ माघ ७ शनिवार

906 

shares

रामशरण न्यौपाने, भक्तपुर

१.
लग्न भेट्टाउनै, पो चटारो भयो
याम हेमन्तको, रात एक्लो गयो ।
२.
चाहना लोकका, बाँझिए देशमा
भ्रष्ट नेता बसे, साधुको भेषमा ।
३.
चाँदनी रातमा, जून हेरी बसेँ
याद तिम्रो भयो, वेदनामा फसेँ ।
४.
घाम हुन् जून हुन्, बाबु आमाहरू
वृद्ध छन् साथ छोडी, नजाऊ बरु ।
५.
रङ्गशाला न हो, जिन्दगी सुन्दरी
साथ देऊ तिमी, नृत्यमा सुस्तरी ।

छन्द ः स्रग्विणी छन्द

वि.सं.२०७९ माघ ७ शनिवार ०९:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...