Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

टुक्का कविता



रामशरण न्यौपाने, भक्तपुर

१.
लग्न भेट्टाउनै, पो चटारो भयो
याम हेमन्तको, रात एक्लो गयो ।
२.
चाहना लोकका, बाँझिए देशमा
भ्रष्ट नेता बसे, साधुको भेषमा ।
३.
चाँदनी रातमा, जून हेरी बसेँ
याद तिम्रो भयो, वेदनामा फसेँ ।
४.
घाम हुन् जून हुन्, बाबु आमाहरू
वृद्ध छन् साथ छोडी, नजाऊ बरु ।
५.
रङ्गशाला न हो, जिन्दगी सुन्दरी
साथ देऊ तिमी, नृत्यमा सुस्तरी ।

छन्द ः स्रग्विणी छन्द


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम