Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता : चालक दुर्घटनामा



ओम आचार्य, अर्घाखाँची

जानु त एक दिन थियो नै
गएछ, खबर आयो
आँसुको भेलमा राष्ट्रिय शोक बनेर ।

जानु त एक दिन थियो नै
गएछ,धेरै फूलहरू चुँडेर
उजाडपारी सुन्दर बगैँचा ।

जानु त एक दिन थियो नै
गएछ, को रोक्न सक्थ्यो र ?
उसैले मात्र सक्थ्यो रोक्न, रोकेन ।

जानु त एक दिन थियो नै
गएछ, जघन्य अपराध गरेर
छक्कायो कतै दण्डित हुन नपर्ने गरेर ।

जानु त एक दिन थियो नै
गएछ,एक्लै चिहानमा जल्नु पर्ने
आफ्नै चिहानमा जलायो,विश्वासघात गरेर ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम