
श्याम प्रसाद घिमीरे,दोलखा
तिमी भन्ने गथ्र्यौ मलाई, खोइ तिम्रो उचाई
तिमी सोध्ने गछ्र्यौ मलाई, छैन तिम्रो जिताई
म भन्ने गर्छु तिमीलाई उचाइमा छु
म प्रष्ट्याउँछु तिमीलाई सधै जिती रहेछु ।
तिमी सोध्छ्यौं मलाई नाम कही पनि आउँदैनन्
तिमी फेरि कराउछ्यौं मलाई खोइ जित्यौ कसलाई
म बुझाउँछु तिमीलाई जितेँ समकक्षीलाई
म फेरि झोकिन्छु, आँखा खोल मलाई बुझ्नलाई
टाकुरा र खोँचको फरक राम्ररी सम्झ
तिम्रो परिवेशलाई मेरो सँग दाँज
तिमी पहाडको उचाईलाई आफ्नो भन्छ्यौं
त्यसै त मलाई घृणाले हेर्छ्यौं ।
पहाडको बुइबाट एकपटक झर
खोचमा आई हातेमालो गर
आफुले आफुलाई दाँज
त्यसपछि राम्ररी सोँच एक सास
त्यसपछि थाहा पाउनेछ्यौं
तिम्रो उचाइमा टाकुराको हात
मलाई पनि बुझ्ने छ्यौं
मेरो विवशताहरुको माझ
म भन्छु तिमीलाई जिन्दगीका दुःखहरु
म भन्छु तिमीलाई, जिन्दगीका दुःख र सुख
म भन्छु तिमीलाई जिन्दगीका दुःख र सुख
तिमी टाकुराको च्याउ म खोँचको रुख
तिमी टाकुराको च्याउ म खोँचको रुख