back
CTIZAN AD

कविता : तिमी टाकुराको च्याउ

वि.सं.२०७९ माघ ७ शनिवार

1.1K 

shares

श्याम प्रसाद घिमीरे,दोलखा

तिमी भन्ने गथ्र्यौ मलाई, खोइ तिम्रो उचाई
तिमी सोध्ने गछ्र्यौ मलाई, छैन तिम्रो जिताई
म भन्ने गर्छु तिमीलाई उचाइमा छु
म प्रष्ट्याउँछु तिमीलाई सधै जिती रहेछु ।

तिमी सोध्छ्यौं मलाई नाम कही पनि आउँदैनन्
तिमी फेरि कराउछ्यौं मलाई खोइ जित्यौ कसलाई
म बुझाउँछु तिमीलाई जितेँ समकक्षीलाई
म फेरि झोकिन्छु, आँखा खोल मलाई बुझ्नलाई

टाकुरा र खोँचको फरक राम्ररी सम्झ
तिम्रो परिवेशलाई मेरो सँग दाँज
तिमी पहाडको उचाईलाई आफ्नो भन्छ्यौं
त्यसै त मलाई घृणाले हेर्छ्यौं ।

पहाडको बुइबाट एकपटक झर
खोचमा आई हातेमालो गर
आफुले आफुलाई दाँज
त्यसपछि राम्ररी सोँच एक सास

त्यसपछि थाहा पाउनेछ्यौं
तिम्रो उचाइमा टाकुराको हात
मलाई पनि बुझ्ने छ्यौं
मेरो विवशताहरुको माझ
म भन्छु तिमीलाई जिन्दगीका दुःखहरु

म भन्छु तिमीलाई, जिन्दगीका दुःख र सुख
म भन्छु तिमीलाई जिन्दगीका दुःख र सुख
तिमी टाकुराको च्याउ म खोँचको रुख
तिमी टाकुराको च्याउ म खोँचको रुख

 

 

वि.सं.२०७९ माघ ७ शनिवार ०९:५० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...