
माधव खतिवडा, निजगढ, हाल -पोखरा
तेरो जन्जिरले,
कहाँ सक्थ्यो र मलाई रोक्न,
फ्याँकिदिएँ काटेर ।
तेरो जन्जिरले बाधेका खुट्टा !
कहाँ थाकेका छन र,
आत्मबल अझै,
मेरा देश बनाउने इच्छा
कहाँ मरेका छन र ?
चाहना हरु
हेर ओइ !
दुश्मन सत्ता
म आजाद पन्छी भएको
हेर…….
हुउ..हु हु !
पख, हिजो संगै रगत बगाएका
साथी हो ! म आउँदै छु !
हेर्दै नियाल्दै
सङ्गै लडेका
मुक्तिका लडाईहरु
हेर्न आएको छु ।
म जन्जिर भित्र हुँदाका
तिम्रा पौरखी हातहरुले
के के गरे ?
आहा गर्व लाग्दा
तिम्रा ती साहसका किस्साहरु
उफ !
काँडा उमृन्छन
काउकुती लाग्छन !
आहा
यी फाँटहरु धुमिल भएछन त
अग्ला अग्ला महल बनेछन त
जनताकै त होलान्
कि बढे छ्यापछ्याप्ती
छोटेराजा महाराजाहरु ?
लौ बुझियो
लौ
अडकल काटियो
मासिएछन्
ति देशभक्त रगतहरु
जितपछी त् फेरि
हारेछन् जनता !
ल जितेछन
ती केहि फगतहरुले
फेरि !
बिकेछन बनाइएछन
बुङ्गा दास
बगरेहरु !
ओहो !
खोइ त यहाँका
सुन फल्ने खेतहरु
देख्दिन त्
घरैघर छन त
खोइ त यो
पहाडका थुम्कैभरी
तरेली परेका
खेतबारि अनि फाँटहरु ?
सबै बाँझो बाँझो
जिर्ण जिर्ण ?
लौ बुझियो
लौ
अडकल काटियो
मासिएछन्
ति देशभक्त रगतहरु
जितपछी त् फेरि
हारेछन् जनता !
ल जितेछन
ती केहि फगतहरुले
फेरि !
बिकेछन बनाइएछन
बुङ्गा दास
बगरेहरु !
घात गरेछन
जनतासङ्ग
पाजी, घातिहरुले
निजि स्वार्थकै निम्ति
लडेछन उत्तान्टाङ्
पछारिएछन ।
रगत र आँसुमा चिप्लिएर
भौतिक सुबिधाका
स्वप्न दासहरु !
मँ
प्रहारहरु सङ्ग
नहारेको
चट्टान मान्छे
छर्रा र कोर्राले
मोरेको यो सरिर
हारहरु सङ्ग
नहारेको
जेल नेलबाट
नतर्सिएको आत्मबल !
लाग्छ,
आज हारेको छ
घाती
तँ हरुसङ्ग
जनता हार्दैनन
सत्ता हार्छ
हेर्दिन
जनता हारेको
कहिल्यै !
यी यहि बाट
बिगुल फुक्छु
स्विकार्य छ मुक्ति
कायर मृत्यु भन्दा
इन्क्लाब जिन्दाबाद
नेपाली जनता
जिन्दाबाद !