back
CTIZAN AD

कविता : हारेको शहिद

वि.सं.२०७९ माघ ७ शनिवार

1.3K 

shares

माधव खतिवडा, निजगढ, हाल -पोखरा

तेरो जन्जिरले,
कहाँ सक्थ्यो र मलाई रोक्न,
फ्याँकिदिएँ काटेर ।
तेरो जन्जिरले बाधेका खुट्टा !
कहाँ थाकेका छन र,
आत्मबल अझै,
मेरा देश बनाउने इच्छा
कहाँ मरेका छन र ?
चाहना हरु
हेर ओइ !
दुश्मन सत्ता
म आजाद पन्छी भएको
हेर…….
हुउ..हु हु !

पख, हिजो संगै रगत बगाएका
साथी हो ! म आउँदै छु !
हेर्दै नियाल्दै
सङ्गै लडेका
मुक्तिका लडाईहरु
हेर्न आएको छु ।
म जन्जिर भित्र हुँदाका
तिम्रा पौरखी हातहरुले
के के गरे ?

आहा गर्व लाग्दा
तिम्रा ती साहसका किस्साहरु
उफ !
काँडा उमृन्छन
काउकुती लाग्छन !

आहा
यी फाँटहरु धुमिल भएछन त
अग्ला अग्ला महल बनेछन त
जनताकै त होलान्
कि बढे छ्यापछ्याप्ती
छोटेराजा महाराजाहरु ?

लौ बुझियो
लौ
अडकल काटियो
मासिएछन्
ति देशभक्त रगतहरु
जितपछी त् फेरि
हारेछन् जनता !
ल जितेछन
ती केहि फगतहरुले
फेरि !
बिकेछन बनाइएछन
बुङ्गा दास
बगरेहरु !

ओहो !
खोइ त यहाँका
सुन फल्ने खेतहरु
देख्दिन त्
घरैघर छन त
खोइ त यो
पहाडका थुम्कैभरी
तरेली परेका
खेतबारि अनि फाँटहरु ?
सबै बाँझो बाँझो
जिर्ण जिर्ण ?

लौ बुझियो
लौ
अडकल काटियो
मासिएछन्
ति देशभक्त रगतहरु
जितपछी त् फेरि
हारेछन् जनता !
ल जितेछन
ती केहि फगतहरुले
फेरि !
बिकेछन बनाइएछन
बुङ्गा दास
बगरेहरु !

घात गरेछन
जनतासङ्ग
पाजी, घातिहरुले
निजि स्वार्थकै निम्ति
लडेछन उत्तान्टाङ्
पछारिएछन ।
रगत र आँसुमा चिप्लिएर
भौतिक सुबिधाका
स्वप्न दासहरु !

मँ
प्रहारहरु सङ्ग
नहारेको
चट्टान मान्छे
छर्रा र कोर्राले
मोरेको यो सरिर
हारहरु सङ्ग
नहारेको
जेल नेलबाट
नतर्सिएको आत्मबल !
लाग्छ,
आज हारेको छ
घाती
तँ हरुसङ्ग

जनता हार्दैनन
सत्ता हार्छ
हेर्दिन
जनता हारेको
कहिल्यै !

यी यहि बाट
बिगुल फुक्छु
स्विकार्य छ मुक्ति
कायर मृत्यु भन्दा
इन्क्लाब जिन्दाबाद
नेपाली जनता
जिन्दाबाद !

 

 

वि.सं.२०७९ माघ ७ शनिवार ०९:५३ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...