back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ माघ ७ शनिवार

1K 

shares

प्रजित कुँवर,स्याङ्जा


बालुवा चाल्दा चाल्दै बगरमा जिन्दगी सकियो
एक जोडी कपडाको भरमा जिन्दगी सकियो
आधापेट खाएर पसिना बगाएर यौटी आमाको
बच्चालाई सुखदिने चक्करमा जिन्दगी सकियो


नसकेर सम्हाल्न मन रूँदै हिँडेको छ
देखाउँदै पागलपन रूँदै हिँडेको छ
मुनाले घर छाडेको खबर पाएपछी
कठै ! परदेशमा मदन रूँदै हिँडेको छ


फेर्छु भनेर घरको छानो शहर गाको मान्छे
नफुकाई मुटुको भक्कानो शहर गाको मान्छे
आज रातो बाकसमा फर्किएको खबर आयो
सपनाहरू बोकेर विरानो शहर गाको मान्छे


श्रम बेचेर पसीना झारी जवानी बित्दैछ
मनका रहर मनमै मारी जवानी बित्दैछ
सपना बोकेर परदेशीने नेपाली युवाको
विरानो देश समुन्द्र पारी जवानी बित्दैछ


टन्नखान भोको पेट भर्न नदिने भयो
आफ्नै माटोमा श्रम गर्न नदिने भयो !!
यस्तो लाग्छ परदेश हिँड्दा –हिँड्दा
देशले मलाई देशमै मर्न नदिने भयो !!

 

 

वि.सं.२०७९ माघ ७ शनिवार ०९:५७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...