back
CTIZAN AD

दुई लघुवित्तले घोषणा गरे लाभांश, कसकाे लाभांश कति ?

वि.सं.२०७९ माघ १२ बिहीवार

747 

shares

काठमाडौँ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रू १२ करोड १७ लाख ८२ हजार १५० छ ।

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू २७ करोड छ ।

दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

 

वि.सं.२०७९ माघ १२ बिहीवार १२:५६ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...