back
CTIZAN AD

पत्रकारहरुको निःशुल्क आँखा जाँच गर्न सम्झौता पत्रमा हस्ताक्षर

वि.सं.२०७९ माघ १९ बिहीवार

648 

shares

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भए को छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल र सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा महासङ्घका अध्यक्ष पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायत उपकरणको प्रयोगले पत्रकारको आँखामा समस्या देखिन थालेको बताए । उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताए ।

सङ्घका अध्यक्ष पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताए ।

विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत नागरिकलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

वि.सं.२०७९ माघ १९ बिहीवार १४:४५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...