back
CTIZAN AD

रास्वपासँग छलफल हुँदैछ समस्या छिटै समाधान हुन्छ–प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०७९ माघ २१ शनिवार

690 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लिएर पछिल्लो समय देखिएको सत्ता गठबन्धनभित्रको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी समितिको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयको विषयमा उठेको समस्याका बारेमा रास्वपासँग छलफल भइरहेको र समस्या छिट्टै समाधान हुने बताएका हुन् ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने–‘अहिले मेरो कुरा हुँदैछ । समस्या समाधान हुन्छ ।’

रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा तानिएपछि उनले सम्हाल्दै आएको गृहमन्त्रालयबाट बाहिरीनु परेको थियो । तत्कालै पुनः नेपाली नागरिकता लिएका लामिछानेले गृहमन्त्रालय पुनः आफुलाई दिन माग गर्दै आएका छन् ।

उता प्रधानमन्त्री प्रचण्डले नागरिकताको विषयमा सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपालाई गृहमन्त्रालय दिन नमिल्ने बताउँदै आएका छन् । त्यसमा रास्वपाले आजसम्मको अल्मिेटम दिँदै गृहमन्त्रालय आफुहरुले नपाए कुनै पनि बेला पार्टी पदाधिकारीको बैठक बसेर सरकारबाट बाहिरीने चेतावनी दिँदै आएको छ ।

वि.सं.२०७९ माघ २१ शनिवार १८:१८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...