
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार र शनिबार दुई दिनको अल्टिमेटम दिएको रास्वपाले प्रधानमन्त्रीको नयाँ प्रस्तावपछि उक्त प्रस्तावमा सहमत हुने कि नहुने भन्ने विषयमा बैठक बसिरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार शनिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका रास्वपाका सभापति रवि लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए । सोहि प्रस्ताव मान्ने कि सरकारबाट बाहिरीने भन्ने विषयमा निर्णय लिन छलफल भइरहेको समेत स्रोतले जनाएको छ ।