
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनय दर्ताको समय रहेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मीला अर्याल साझा उम्मेदवारको रुपमा अघि सारिएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त पदमा आफ्नो उम्मेदवार उठाउने बताउँदै आएपनि टुंगो लगाइसकेको छैन ।
कांग्रेसले सत्ता बाहिर रहेका नेकपा एकिकृत समाजवादी लगायतका दलहरुसँग उपाध्यक्ष पदका विषयमा छलफल गरिरहेको छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शसीकला दाहालको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्ष पद खाली रहेको छ ।