
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ ।
सरकारलाई दिएको दुईदिने अल्टिमेटम शनिबार राति सकिएपछि शनिबारै आकस्मिक रुपमा बसेको रास्वपाको बैठक मध्यराति विना निष्कर्ष टुंगिएपछि आज बिहान ११ः३० मा पुनः बस्ने भएको हो ।
रास्वपाको आजको बैठकले सरकारमा बसिरहने कि बाहिरीने भन्ने विषयमा ठोस निर्णय गर्ने बताइएको छ । शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सो पार्टीका सभापति रवि लामिछानेबीच भएको भेटवार्तामा प्रधानमन्त्रीले लामिछानेलाई गृह छोडेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीको नयाँ प्रस्तावका विषयमा निर्णय लिन रास्वपाको छलफल जारी