back
CTIZAN AD

बाहिरबाट आउने तरकारीमा बन्देज लगाउन सांसदहरुको माग

वि.सं.२०७९ माघ २२ आइतवार

483 

shares

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषयलगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गराएका थिए । उनीहरूले किसानले उत्पादन गरेको मौसमी तरकारीले बजारबाट उचित मूल्य पाउन नसक्दा किसानले आर्थिक सङ्कट बेहोर्न परेको बताएका छन् । छिमेकी देशबाट आयात भई आएको तरकारी बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदा कृषकले उत्पादन गरेको तरकारी स्थानीय उपभोक्ता समक्ष पु¥याउन नसकिएकाले प्रदेश सरकारले गम्भीररूपमा सङ्घीय सरकारमार्फत बाहिरबाट आउने तरकारीलाई बन्देज लगाउन माग गरे ।

उनीहरूले किसानले उत्पादन गरेको तरकारी बजारमा खपत नहुँदा कृषक ठूलो आर्थिक सङ्कटमा परेकाले प्रदेश सरकारले केही हदसम्म भए पनि क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरे । बैठकमा दोलखा जिल्लामा हालै भएको आगलागीका पीडित परिवारलाई उद्धार गरी राहतस्वरूप आर्थिक अनुदान उपलब्ध गराउन आग्रह गरे ।

किसानले लगाउने मौसमी खाद्यान्न तरकारीलगायत फलफूललाई पनि आवश्यक पर्ने मलखादको उपलब्ध गराउन र किसानले उत्पादन गरेको मौसमी तरकारीलाई शीतभण्डारमा राख्ने व्यवस्था मिलाउन उनीहरूको माग थियो । सदस्यहरूले काठमाडौँलगायत विभिन्न जिल्लामा सडकको विस्तार, मर्मत सम्भार गर्न, सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र पिउने पानी उपलब्ध गराउन गुरु योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

सदस्यहरूले प्राकृतिक सम्पदा एवं वन क्षेत्रलाई संरक्षण गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न र जङ्गल फँडानी गर्ने व्यक्तिलाई दण्डित गर्नुका साथै वृक्षरोपणको अभियानलाई घरदैलोमा पु¥याउन जनपरिचालन गर्न सरकारसँग माग गरे ।

शून्य समयमा बोल्ने सदस्यमा अमनकुमार मास्के, उर्मिला सुनुवार, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रेमभक्त महर्जन, भरतबहादुर केसी, भारती कुमारी पाठक थिए ।

ईश्वर सापकोटा, उर्मिलाकुमारी लामा, उत्तम जोशी, कुन्दनराज काफ्ले, कृष्णकुमार तामाङ, गीता गुरुङ, गोविन्द लम्साल, आशा लामा, कुमारी तामाङ र गीता काफ्लेले पनि आआफ्नो धारणा राखेका थिए ।
बागमती प्रदेशसभाको अर्को बैठक भोलि माघ २३ गते अपराह्न १२ बजे बस्नेछ ।

वि.सं.२०७९ माघ २२ आइतवार १८:१० मा प्रकाशित

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र...

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि...

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण...