back
CTIZAN AD

तपाईको आज माघ २३ गते सोमबारको राशिफल भन्छ– मीन लगायत ६ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७९ माघ २३ सोमवार

687 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम रोकिन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइको सहयोग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चिताएको काममा बिहानै जुट्नुहोला, सोचेजस्तै सफलता मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसोदेखि विश्वासिला व्यक्तिहरूले धोका दिने हुँदा काम रोकिन सक्छ। सानो कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि दुःख दिनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पनि पहिलेको उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ। साँझतिर परिस्थिति केही असहज बन्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रनाले काम रोकिन सक्छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। रमाइलो पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय लाभदायी रहनेछ। पेसा र व्यवसायले पनि राम्रै लाभ दिनेछ। तर मनग्य आम्दानी भए पनि परिस्थितिले खर्च बढाउन सक्छ। मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको काममा छुट्याएको लगानी अरूका लागि खर्चनुपर्ने हुन सक्छ। टाढाको यात्रा हुन सक्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। पेसा–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीमा बाधा हुनेछ र सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ। पछि फाइदा हुने काम गर्न सकिनेछ। अरूको भरण–पोषणमा खर्चनुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसर मिले पनि लाभांश अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनी हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। साँझतिर केही चुनौती देखापर्नेछन्। गोपनीयता बाहिरिनाले समस्या पर्ला। कामको चाप बढ्नेछ र आयस्रोत कमजोर बन्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। तापनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। दिउँसोदेखि व्यापार बढ्नुका साथै मनग्य धनलाभ हुनेछ। रमाइलो यात्रा हुनेछ। अवसरवादीहरूबाट भने सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखापर्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुबाधा हट्नेछ। रोगसमेत निवारण हुने समय छ।

२०७९ माघ २३ गते, सोमवार, (६ फेब्रअरी २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज माघ २२ गते आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

वि.सं.२०७९ माघ २३ सोमवार ०७:४५ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...