back
CTIZAN AD

रिद्धि सिद्धि सिमेन्टद्वारा स्वास्थ्य शिविर आयोजना

वि.सं.२०७९ माघ २३ सोमवार

708 

shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टको आयोजनामा बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय र राक्सिराङ गाउँपालिका वडा नं. ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्सेसको प्राविधिक सहयोग रहेको थियो ।

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौला लगायतका अतिथिहरु रहेका थिए । कार्यक्रममा जनरल फिजिसियन, बाल रोग, महिला रोग, हाड जोर्नी तथा नशा रोग र छाला रोगको परीक्षण तथा औषधि वितरण समेत गरिएको थियो ।

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेश कुमार सिँह, प्रशासन् प्रमुख अच्युत पराजुली र सप्लाई चेन प्रमुख गुरुप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए । राक्सिराङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष सन्जय कोईरालाको सभापतित्वमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ माघ २३ सोमवार ०८:३१ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...