back
CTIZAN AD

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा

वि.सं.२०७९ माघ २३ सोमवार

690 

shares

चितवन । नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ महिला र पुरुष खेलाडी सहभागी हुने चितवन एथलेटिक्स सङ्घका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो । प्रतियोगितामा एक प्रदेशबाट हरेक विधामा दुई खेलाडी सहभागी हुन पाउनेछन् । खेलाडीले २६ विधामा प्रतिस्पर्धा गर्ने छन् । छब्बीस स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । प्रतियोगितमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीणस्तरमा प्रतियोगिता गरी खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन र विकाससँग जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न रु २७ लाख दुई हजार सात सय २० लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रु सात हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा एक–एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 

वि.सं.२०७९ माघ २३ सोमवार ११:११ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...