Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा



चितवन । नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ महिला र पुरुष खेलाडी सहभागी हुने चितवन एथलेटिक्स सङ्घका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो । प्रतियोगितामा एक प्रदेशबाट हरेक विधामा दुई खेलाडी सहभागी हुन पाउनेछन् । खेलाडीले २६ विधामा प्रतिस्पर्धा गर्ने छन् । छब्बीस स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । प्रतियोगितमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीणस्तरमा प्रतियोगिता गरी खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन र विकाससँग जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न रु २७ लाख दुई हजार सात सय २० लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रु सात हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा एक–एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम