
काठमाडौं । टर्किलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण टर्कि र सिरियामा ५२१ जनाको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टरको भूकम्पका कारण लेबानान, सीरिया र इजरायल सम्म भूकम्पको धक्का महसुस हुनुका साथै मानविय तथा भौतिक क्षति भएको बताइएको छ ।
भूकम्पका कारण टर्कीमा २८४, जनाको मृत्यु भएको छ भने ४४० जना घाईते भएका छन् भने सीरियामा २३७ जनाको मृत्यु भएको छ भने ६३९ जना घाईते भएको समाचारमा जनाइएको छ । साथै इजरायलमा पनि यसको धक्काको महसुस गरिए पनि क्षतिको विवरण नआएको बताइएको छ ।
टर्कीको गाजियाटेपलाई केन्द्रविन्दु बनाएको उक्त भूकम्पका कारण ९० किलोमिटरको दूरीमा रहेको सिरियाको बोर्डर तथा त्यसको वरिपरीका क्षेत्रमा मानविय तथा भौतिक क्षति भएको समाचारमा उल्लेखछ ।