back
CTIZAN AD

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

वि.सं.२०७९ माघ २४ मंगलवार

597 

shares

ढोरपाटन । चोक–चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उनी नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउछन् ।

उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइससकेका छन् । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहेका उनी हाल ८२ देशका गान गाउने तयारीमा छन् ।

जिल्लाको बागलुङ नगरपालिका–६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्षभयो जसले उनीलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ ।

सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थालेका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरी ११ देशको यात्रा गरिसकेका छन् । उनले जुन देशमा पुग्छन्, उही देशकै भाषमा राष्ट्र गान गाउछन् । पछिल्लो २५ वर्षदेखि नेपाली गीत सङ्गीतमा आबद्ध उनले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताए ।

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताए । “हाम्रो देश नेपालमा कैयन धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ”, उनले भने, “विगतमा नेपालीका लागि गाउँथे भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।”

संसार सामू नेपाल चिनाउनका लागि आफूले विश्वयात्रा तय गरेको नेपालीको भनाइ छ । राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उनले बताए । राष्ट्रगानले आत्मियता बढाउने र भाइचाराको सम्बन्ध बढाउने उनको अनुभव छ ।

उनले विश्व यात्राका लागि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग जुटाउँदै आएका छन् । विश्व यात्रामा लागिरहँदा तितामिठा दुवै अनुभूति रहेको उनी सम्झाउँछन् । उनी भन्छन्, “जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्मसम्मानको अनुभूति गर्दा रहेछन, जुन देशको राष्ट्रगान हो त्यही देशको भाषामा गाउँदा उनीहरुलाई गर्व लाग्दो रहेछ त्यसले सम्बन्ध जोड्न मद्दत गर्ने रहेछ ।” यात्राका क्रममा उनले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ त्यसैमा यात्रा गर्ने गर्नु भएको छ । तर सबैभन्दा पैदल यात्रामा आनन्द हुने उनको अनुभव छ । रासस

 

वि.सं.२०७९ माघ २४ मंगलवार १५:२८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...