back
CTIZAN AD

टर्कि भूकम्प : कुन–कुन देशले के–के पठाए सहयोग ?

वि.सं.२०७९ माघ २५ बुधवार

2K 

shares

काठमाडौं । टर्किलाई केन्द्रविन्दु बनाएर सोमबार गएको भूकम्पका कारण हालसम्म ९ हजार बढीको मृत्यु भएको छ ।

भूकम्पमा परी हालसम्म टर्कि र सिरियामा नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको समाचार ऐजेन्सीले जनाएका छन् ।

हालसम्म टर्कीमा सात हजार १०८ र सिरियामा दुई हजार ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् ।

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा समेत गरिएको छ ।

राहत सहयोग लिएर पुगे यी देश
शक्तिसाली भूकम्पबाट मर्माहत भएको टर्कि र सिरियामा बिभिन्न देशका सरकारले भौतिक तथा आर्थिक सहयोग पठाएका छन् ।
समाचार ऐजेन्सीका अनुसार टर्कि र सिरिया दुवै देशका लागि हालसम्म दक्षिण कोरिया, चीन, अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत, अमेरिका, युरोपियन युनियन, इजरायल, ब्रिटेन, पाकिस्तान लगायतका देशमध्ये केहीले मेडिकल टिम, उद्वार टिम, चिकित्सक लगायत पठाएका छन् भने केहीले आर्थिक सहयोग घोषणा गरेका छन् ।

हालसम्म दुवै देशका लागि दक्षिण कोरियाले ५ मिलियन, चीनले ६ मिलियन, अष्ट्रेलिया र न्युजिल्याण्डले ११ मिलियन आर्थिक सहयोग पठाइसकेका छन् भने अमेरिकाले १९ जनाको सर्च अपरेशन टिम तथा सयजना फायर फाइटर्स र इन्जिनियर पठाइसकेको छ । साथै युरोपियन युनियनले सर्च र रेस्क्यु टिम, रुसले उद्वार कार्यका लागि ३०० सैनिक र हेलिकप्टर, इजरायलले उद्धार कार्यका लागि १५० इन्जिनियर र मेडिकल स्टाफ, ब्रिटेनले ७६ रेस्क्यु स्पेशल टिम पठाएको छ भने भारतले इण्डियन एयरफोर्सको सी १७ विमान तथा नेशनल डिजास्टर रेस्पोन्स फोर्स, डाक्टरको टोली र राहत सामग्री पठाएको छ । साथै पाकिस्तानले पनि सर्च रेस्क्यु टीम र २५ टन राहत सामग्री पठाइसकेको छ ।

सहयोग पठाउँदै यी देश
त्यस्तै चेक गणतन्त्र, फ्रान्स, माल्टा, नेदरल्याण्ड, पोल्याण्ड, अल्जेरिया, इटाली, मोल्डोभा, अल्बानिया, उज्वेकिस्तान, हंगेरी, जर्मनी, सर्बिया, स्लोभाकिया, आर्मेनिया र कतारले पनि टर्की र सिरियामा सहयोग पठाउने घोषणा गरेका छन् ।

नेपाल सरकारले पनि बुधबार टर्किमा आवस्यक स्वास्थ्य सामग्री र मेडिकल टिम पठाउने निर्णय गरेको छ ।

वि.सं.२०७९ माघ २५ बुधवार १७:३४ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...