Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ, कुन कसुरमा कति जना पक्राउ भए त ?



चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताए ।

सो क्रममा उनीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उनले बताए । यस्तै रु एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ । उनीहरूको साथबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताए ।

हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागुऔषधसम्बन्धी एक सय छवटा निवेदन दर्ता गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम