back
CTIZAN AD

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी निर्वाचित

वि.सं.२०७९ माघ २५ बुधवार

750 

shares

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
बुधबार घोराहीको कर्मचारी मिलन केन्द्रमा भएको उपनिर्वाचनमा एमालेबाट उम्मेदवार रहेका दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार दसौदीले ४०२६ मतसहित विजयी हुँदा उनका प्रतिष्पर्धी रहेका नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले ३७२० मत प्राप्त गरेका छन् । दरौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी ४०२६ मत प्राप्त गरेका हुन् ।

त्यस्तै दरौदीका प्रतिश्प्रधी आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ मत गरी ३७२० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा कूल मतभार ७ हजार ९ मत रहेकोमा १४४ मत बदर भएको थियो भने मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह स्वास्थ्य समस्याका कारण मतदानमा उपस्थित भएकी थिइनन् । राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका खिमलाल भट्टराईले निर्वाचनका लागि असोज २३ गते राजीनामा दिएपछि खाली रहेको उक्त पदमा आज उपनिर्वाचन भएको हो ।

वि.सं.२०७९ माघ २५ बुधवार १६:५९ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...